पत्रकार महासंघ ललितपुरमा न्यौपाने

काठमाण्डु टुडे २०७० चैत ९ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा लेखनाथ न्यौपाने विजयी भएका छन् ।
lekhnath 2काठमाण्डु, ९ फागुन– नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा लेखनाथ न्यौपाने विजयी भएका छन् ।
महासंघको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा १ सय ४० मत ल्याएर न्यौपाने विजयी भएका हुन् । न्यौपानेका प्रतिद्वन्द्वी ईश्वरराज ढकालले १ सय २० मत ल्याए ।

न्यौपानेलाई  क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ तथा ढकाललाई प्रेस चौतारी र प्रेस युनियन नेपालको समर्थन थियो । न्यौपानेकै प्यानलबाट उपाध्यक्षमा सागर न्यौपाने १ सय ३८, सचिवमा हिम विष्ट १ सय ८२ र कोषाध्यक्षमा दामोदर खनाल १ सय ५४ मतले विजयी भए ।

सह–सचिवमा लक्ष्मण दर्नाल सर्वसम्मत विजयी भएका थिए । यस्तै महिला सदस्यमा कला त्रिताल, मधेसीमा शीखाकिरण यादव विजयी भए ।

सदस्यमा सावित्री नेपाली, अजय देसार, नेत्रबहादुर कुँवर, माधवप्रसाद घिमिरे, सुवीन श्रेष्ठ, श्याम तण्डुकार, लीलाधर रिमाल, घनश्याम धमला, सिर्जना तिमल्सिना र गणेश कुँवर निर्विरोध निर्वाचित भएका छन् । जिल्ला शाखाको अधिवेशनबाट ५२ जना सभासद (केन्द्रीय पार्सद) सर्वसम्मत चयन भएका छन् । कूल ३ सय ६३ मतदाता रहेकामा २ सय ६६ मत खसेको निर्वाचन समितिका प्रमुख मनोज घर्तीमगरले काठमाण्डु टुडेलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us