निर्यातमुखी व्यापारमा जोड देऊ :मन्त्री आचार्य

काठमाण्डु टुडे २०७० चैत ९ गते ११:१२ मा प्रकाशित

काठमाण्डु, ९ चैत– अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले सरकार व्यवसायीहरूसाग Mahesh Acharyaसकारात्मक रूपमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको राष्ट्रिय सम्मेलन तथा दोस्रो साधारणसभाको आइतबार राजधानीमा उद्घाटन गर्दै मन्त्री आचार्यले सुनचाँदी व्यवसायमा रहेका नीतिगत कमीकमजोरी हटाएर सरकार व्यवसायीहरूलाई निर्यातमुखी व्यापारमा प्रोत्साहन गर्न तयार भएकाले व्यवसायीहरूले पनि अनुसासित भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा उद्योगमन्त्री कर्णबहादुर थापाले सुनको व्यापार मुलुकको अर्थतन्त्रका लागि महत्वपूर्ण भए पनि नेपालका कतिपय ठाउँमा अझै जनताले नुनसमेत नपाएको अवस्था हुँदा सन्तुलनकारी नीतिमा सरकारको जोड रहने बताए । उनले व्यवसायीले मुलुकको आर्थिक हितलाई केन्द्रमा राखी व्यवसाय गरेमा सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री प्रकाशचन्द लोहनी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रवीन्दकुमार शाक्य, जेमेन एण्ड ज्वेलरी एक्सपोर्ट काउन्सिल भारतका अध्यक्ष विपुल साह, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले सुनचाँदी गरगहना निर्माणमा नेपालको स्थानीय कला र सीपलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराई मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल र भारतका सुनचाँदी व्यवसायीबीच सम्बन्ध विस्तारका लागि जेमेन एण्ड ज्वेलरी एक्सपोर्ट काउन्सिल भारतका अध्यक्ष साह र महासंघका अध्यक्ष महर्जनले एक समझदारीपत्रमा हस्ताक्षर समेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us