काठमाण्डु, ९ चैत– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले छिट्टै स्थानीय निकायको निर्वाचन घोषणा हुने दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले दलीय सहमतिमा तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गरिने बताएका हुन् ।
लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन बनेका कारण विकास निर्माणका लागि गएको रकम भ्रष्टाचार हुने गरेको उनको भनाइ थियो ।
अर्को फरक प्रसंगमा देउवाले एक वर्षभित्र मुलुकले नयाँ संविधान पाउने दाबी गरे । संघीयता र शासकीय स्वरुपबारे दलहरुबीच जारी विवाद समाधान हुने विश्वास उनको थियो ।