
काठमाण्डु, ९ चैत – नेपाली राष्ट्रिय फुटबल टोली यमनसँगको मैत्रीपूर्ण खेल खेल्न दोहा जाँदैछ ।
मंगलबार हुने मैत्रीपूर्ण खेलमा भाग लिन आज बेलुकी यमन जाने भएको हो ।
खेलाडीको अखिल नेपाल फूटवल संघ एन्फाले बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान सागर थापाले ट्वान्टी–ट्वान्टी क्रिकेटमा पाएको सफलताले आफूहरुलाई हौसला मिलेको भन्दै मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने बताए ।
एन्फा अध्यक्ष गणेश थापाले फुटबलको विकासका धेरै मैत्रीपूर्ण खेलहरु आयोजना गर्ने योजना बनाएको बताए ।
सन् २०१४ मा कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका नरहेकाले बढीभन्दा बढी मैत्रीपूर्ण खेलमा जोड दिन लागेको उनको दाबी छ ।
राष्ट्रिय टोलीमा दीपक राई र कर्ण लिम्बूलाई पनि समावेश गरिएकोछ ।