चिट चोराउन नपाएपछि प्रहरीमाथि आक्रमण

काठमाण्डु टुडे २०७० चैत ९ गते ८:४२ मा प्रकाशित

रौतहट, ९ चैत– एसएलसी परीक्षामा चिट चोराउन नपाएको झोकमा रौतहटको एक केन्द्रमा प्रहरीमाथि आक्रमण भएको छ ।
जिल्लाको जुन खुनुवास्थित जमुनामाई उच्चमावि परीक्षा केन्द्रमा चिट चाराउन नपाएपछि सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुंगामुढा भएको हो ।

प्रहरीले आक्रमणमा संलग्नमध्ये दुई जनालाई पक्रेको छ । पक्राउ पर्नेमा स्थानीय सन्तोष साह र काशीराम यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उता विद्यार्थीलाई चिट चोराउने काममा संलग्न रौतहटकै चन्द्रभवानीपुर उच्च मावि परीक्षा केन्द्रका निरीक्षक वीरेन्द्र यादव पनि पक्राउ परेका छन् ।

जिल्लाभरबाट आइतबार परीक्षाको मर्यादाविपरीत गतिविधि गर्ने ३० भन्दा बढीलाई निष्काशन गरिएको परीक्षा समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us