
काठमाण्डु, ९ चैत – नेकपा मालेको केन्द्रिय कमिटिको बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय रातो पुलमा बस्ने बैठकमा पार्टीको भावी रणनीति तथा कार्यदिशा माथी छलफल हुने महासचिव सिपी मैनालीले जानकारी दिए ।
यसअघि हिजो पोलिट ब्यूरो बैठक सम्पन्न भएको थियो ।
बैठकमा नेपाल कम्युनिष्ट आन्दोलनको कार्यदिशा, पार्टी शुद्धीकरण अभियान,सङ्गठन बिस्तार र सुदृढीकरण अभियान सञ्चालन लगायतका बिषयमा छलफल भएको मालेले जनाएको छ ।
बैठकमा महासचिवद्वारा बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि पोलिटव्यूरो सदस्यहरूले धारणा राख्दै प्राप्त सुझावलाई समाबेश गर्ने गरी पारित गरिएको थियो ।