कञ्चनपुर, ९ चैत–पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर–२ बङ्कनजिक शनिबार साँझ गोरुगाडामा मोटरसाइल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कृष्णपुर–१ पहरियाका २१ वर्षीय चन्द्रबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।
झलारीबाट बाणीतर्फ जाँदै गरेको से २ प ६१६८ नम्बरको मोटरसाइकल सोही दिशामा रहेको गोरुगाडामा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक निरञ्जनदत्त भट्टले बताए ।
मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । गोरुगाडा चालक कृष्णपुर–१ सुन्दरीफाँटाका डुठ्ठे चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।