काठमाण्डु, ९ चैत –नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बसिरहेको छ ।
संसदीय दलको नेता चयनपछि दलको बैठक पहिलो पटक बसेको हो ।
सरकारको कार्यसम्पादन लिएर पार्टीमा असन्तुष्टि बढिरहेको र संविधानसभा तथा संसदीय समितिमा रहने सदस्यहरुको टुंगो लगाउन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक दिउँसो १ बजेयता प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
दलको आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम ल्याउँदा पार्टीभित्र र दलमा छलफल नभएको, पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्दा पार्टीमा छलफल नभएको भन्दै असन्तुष्टि बढेको एक सभासदले बताए ।