पत्रकार महासंघ काठमाण्डु र ललितपुरमा निर्वाचन जारी

काठमाण्डु टुडे २०७० चैत ९ गते १:५३ मा प्रकाशित

काठमाण्डु, ९ चैत– नेपाल पत्रकार महासंघ काठमाण्डु र ललितपुर जिल्ला शाखाको नेतृत्व चयनका लागि मतदानकार्य जारी छ ।
fnj logoकाठमाण्डुमा सदस्यता वितरणमा भएको विवाद र ललितपुरमा सहमति प्रयासका लागि भन्दै हिजो हुने भनिएको निर्वाचन आजका लागि सारिएको थियो । काठमाण्डुमा गोविन्द चोलागाईं, दिनेश बस्नेत, दिनेश खनाल र गणेश उप्रेतीको प्यानल चुनावी मैदानमा छ ।

चौलागाईं र बस्नेत समूहबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । निवर्तमान अध्यक्षसमेत रहेका चौलागाईंलाई प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघको विद्रोही समूहको समर्थन छ ।

बस्नेतलाई प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, मधेसी पत्रकार समाजलगायतले समर्थन गरेका छन् । पत्रकार महासंघको सबैभन्दा ठूलो शाखा काठमाण्डुमा ९ सय ९५ मतदाता छन् ।
उता ललितपुरमा पनि सहमति प्रयास विफल भएपछि निर्वाचन भएको छ । अघिल्लो कार्यसमितिका कार्यवाहक अध्यक्ष लेखनाथ न्यौपाने र ईश्वरराज ढकालको प्यानल चुनावी मैदानमा छ । न्यौपानेलाई प्रेस युनियन र क्रान्तिकारी पत्रकार संघ तथा ढकाललाई प्रेस चौतारीको समर्थन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us