
बारा, ८ चैत – सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नव जनजागृति युवा क्लबले जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा विरगञ्ज युथ एकेडेमीलाई २–१ ले पराजित गर्दै नव जनजागृतीले उपाधि जितेको हो ।
जितमा कप्तान प्रदिप महर्जन र आभा क्रेडिकले १–१ गोल गरे । विरगञ्जका लागि सुमन लामाले १ गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।
उपाधीसँगै जनजागृतीले ४ लाख नगद पुरस्कार पाएको छ । विजेता टिममा अधिकांश खेलाडी ए डिभिजन क्लब जावलाखेलबाट लोनमा गएका थिए ।