भारतीय बलेरोसहित ११ वटा गोरु बरामद

काठमाण्डु टुडे २०७० चैत ८ गते ८:२९ मा प्रकाशित

रौतहट, ८ चैत – सशस्त्र प्रहरी टोलीले रौतहट जिल्लाको विश्रामपुर–२ मा अवैधरुपमा भारतीय नम्बरको बलेरो गाडी सञ्चालन गर्दै आएको अवस्थामा पक्राउ गरेको छ ।

बिआरओ ६ पी ५९५३ नम्बरको बलेरो गाडीमा कागजपत्रमा देखिएको विवरण उक्त गाडीमा नदेखिएकाले शङ्का लागि आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया पठाएको सीमा सुरक्षा बल रौतहटले जनाएको छ ।

करिब छ लाख मूल्य पर्ने बलेरी गाडी पक्राउ गरिएको हो । यसैगरी जिल्ला रौतहट भेडीयाही गाविस–५ स्थितिबाट ११ वटा गोरु बरामद गरेको छ ।

अवैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा बरामद गरिएको सीमा सुरक्षा बल रौतहटबाट थाहा भएको छ । विशेष सुराकीका आधारमा पक्राउ गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाइएको जनाएको छ ।

करिब रु ३३ हजार मूल्य बराबरको गोरु बरामद गरिएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us