
काठमाण्डु, ८ चैत –नेकपा मालेको पोलिटव्यूरोको बैठक आज पनि जारी छ ।
शुक्रवार देखि पार्टी केन्द्रीय कार्यालय रातो पुलमा सुरु भएको बैठकमा कम्युनिष्ट आन्दोलनको कार्यदिशा, पार्टी शुद्धीकरण अभियान, सङ्गठन बिस्तार र सुदृढीकरण अभियान सञ्चालनसम्बन्धी कार्यसूचीमा छलफल तथा निर्णय गरिने मालेले जनाएको छ ।
यसअघि हिजो बैठकमा महासचिवद्वारा बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि पोलिटव्यूरोका सदस्यहरूको बोल्ने क्रम सकिएपछि प्राप्त सुझावलाई समाबेश गर्ने गरी पारित भएको थियो ।