क्यासिनोलाई रोयल्टी बुझाउन १५ दिनको म्याद

काठमाण्डु टुडे २०७० चैत ८ गते २:५७ मा प्रकाशित

casinoकाठमाण्डु, ८ चैत –नवीकरण तथा रोयल्टी बुझाउन १५ दिन म्याद थप सरकारले नेपालमा सञ्चालित क्यासिनोको अनुमतिपत्र नवीकरण तथा रोयल्टी बुझाउनका लागि आज देखि लागू हुने गरी १५ दिनको समयावधि थप गरेको छ ।
पछिल्लोपटक दिइएको चार महिनाको अवधिमा पनि क्यासिनोले अनुमतिपत्र नवीकरण नगरेको र रोयल्टी नतिरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले म्याद थप गरेको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मोहनकृष्ण सापकोटाले क्यासिनो नियमावलीमा दोस्रो संशोधन गरी क्यासिनो नवीकरण तथा रोयल्टी बुझाउन थप १५ दिनको समयअवधि तोकिएको जानकारी दिए ।
यसअघि क्यासिनो सञ्चालन नियमावली कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेशको माग गर्दै क्यासिनो सञ्चालक सर्वोच्च अदालत पुगेका थिए ।
नेपालमा काठमाडौँ उपत्यकामा आठ र पोखरामा दुई गरी १० वटा क्यासिनो सञ्चालनमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us