निमाविको अन्तवार्ता बैशाखमा

काठमाण्डु टुडे २०७० चैत ८ गते २:४५ मा प्रकाशित

udayraj sotiकाठमाण्डु , ८ चैत – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अन्तर्वार्ता आउँदो वैशाखमा गर्ने भएको छ ।

आयोगले बैशाख १९ गतेदेखि २४ सम्म अन्तर्वार्ता सुरु गर्ने जनाएको छ ।

आयोगले प्राथमिक तहको नतिजा प्रकाशनको तयारी पनि थालेको छ ।

प्राथमिक तहको अन्तर्वार्ता बैशाखको अन्तिम हप्ता गर्ने तयारी भइरहेको आयोगका अध्यक्ष उदयराज सोतीले बताए ।

परीक्षामा अनियमितता भएको भन्दै उजुरी परेपछि पुस महिनामा हुनुपर्ने अन्तर्वार्ता स्थगित भएको थियो । अख्तियारले अन्तर्वार्ता सुरु गर्न बाटो खोलिदिएपछि आयोगले काम सुरु गरेको हो ।
स्थायी शिक्षकको लागि गएको जेठमा लिखित परीक्षा भएको थियो ।

झण्डै १३ हजार रिक्त दरबन्दीका लागि लिइएको परीक्षामा ४ लाख ८० हजार भन्दा धेरैले सहभागिता जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us