बलात्कारको आरोपमा एक युवक पक्राउ

काठमाण्डु टुडे २०७० चैत ७ गते १३:०८ मा प्रकाशित

pakrau-arrestबनेपा, ७ चैत – बलात्कारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्लाको पाँचखाल गाविस–६ तामाघाट निवासी २४ वर्षीय मनोज दाहाललाई पक्राउ गरिएको हो ।

पाँचखाल–४ स्थित एक विद्यालयमा अध्ययनरत एक युवतीलाई बलात्कार गरेको आरोपसहित पीडित पक्षले दिएको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो । विद्यालयबाट घर फर्कने क्रममा पाँचखाल–४ स्थित जङ्गलमा युवतीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

घटनाबारे गत चैत ५ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us