
काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।
टोली दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
उनीहरुलाई खेलकुद मन्त्री पुरषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, क्यानका अध्यक्ष टंक आङबुहाङसहित सयौं समर्थकले विमानस्थलमा भब्य स्वागत गरे ।
विमानस्थलमा स्वगतसँगै खेलाडीहरुलाई नगर परिक्रमा गराईंदै छ । प्रतियोगितामा खेलेको ३ खेल मध्ये नेपालले २ खेल जितेको थियो ।
जसमा एक दिवसीय मान्यताप्राप्त टोली अफगानिस्तानलाई इतिहासमै पहिलो पटक ट्वान्टी–ट्वान्टी क्रिकेटमा नेपालले पराजित गरेको थियो ।
त्रिभुवनस्थलमा देखिएको केही दृष्य