नेपाली क्रिकेटर स्वदेश फर्किए, विमानस्थलमा भब्य स्वागत

काठमाण्डु टुडे २०७० चैत ७ गते ८:४७ मा प्रकाशित

DSC01856काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।

टोली दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उनीहरुलाई स्वागत गर्न खेलकुद मन्त्री पुरषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, क्यानका अध्यक्ष टंक आङबुहाङसहित सयौं समर्थक विमानस्थल पुगेका थिए

प्रतियोगितामा खेलेको ३ खेल मध्ये नेपालले २ खेल जितेको थियो ।

जसमा एक दिवसीय मान्यताप्राप्त टोली अफगानिस्तानलाई इतिहासमै पहिलो पटक ट्वान्टी–ट्वान्टी क्रिकेटमा नेपालले पराजित गरेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us