
काठमाण्डु, ७ चैत –चिरपरिचत प्रतिद्वन्दी भारत र पाकिस्तान आज भिड्दै छन् ।
बंगलादेशमा जारी आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आजबाट सुरु हुने सुपरटेनको पहिलो खेलमा भारत र पाकिस्तान आमनेसामने हुने भएका हुन् ।
सन् २००७ को पहिलो टि ट्वान्टी विश्वकमा भारतले पाकिस्तानमाथि पाँच रनको जित हात हार्दै उपाधि उचालेको थियो । पाकिस्तानले भने सन् २००९ मा श्रीलंकालाई पराजित गरेको उपाधि कब्जा गरेको थियो ।
भारत र पाकिस्तानबिचको राजनीतिक द्धन्द्धका कारण पनि यी दुइ टिम बिचको खेललाई महत्वका साथ हेरिन्छ ।
टेष्ट मान्यता प्राप्त राष्ट्र भारत र पाकिस्तान सोझै जारी प्रतियोगिता सुपरटेनमा पुगेका हुन् ।
खेल नेपाली समयअनुसार साँझ सवा सातबजेबाट सुरु हुनेछ । यस्तै प्रतियोगिता अन्तरगत आजै समुह बि का अन्तिम खेलहरु पनि हुदैछन् ।
आज हुने पहिलो खेलमा जिम्बावे र युएइ भिड्दैछन् भने दोस्रो आयरल्यान्ड र नेदरल्यान्ड आमने सामने हुदैछन् ।