संविधानसभा र व्यवस्थापिका संसदको नियमावली पारित

काठमाण्डु टुडे २०७० चैत ७ गते ९:०० मा प्रकाशित

ca houseकाठमाण्डु, ७ चैत – संविधानसभा नियामावली २०७० र संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली २०७० पारित भएको छ ।

संविधानसभाको शुक्रबार बसेको बैठले नियमावली सर्वसम्मत पारित गरेको हो ।

यसअघि संविधानसभा (कार्यविधि) नियमावली मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले सो विषयमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव बैठकमा सर्वसम्मतिले स्वीकृत भएको थियो ।

सो छलफलमा भाग लिँदै गीता राणा र काशी सिद्धिकीले संविधानसभा मस्यौदा नियमावलीमा मुस्लिम शब्द थप गर्नुपर्ने, हरिप्रसाद नेपालले मस्यौदामा संविधान घोषणापछि त्यसको एकप्रति न्यायपालिकामा सुरक्षित राख्नुपर्ने व्यवस्था थप गर्नुपर्ने र रामकुमार राईले आदिवासी, जनजाति, महिला, दलित र अल्पसङ्ख्यकको स्पष्ट्रसँंग व्यवस्था भएको हुनुपर्ने बताए ।

सभासद् अशोक राईले संविधानसभामा आफ्नो विवेकको मत प्रयोग गर्न पाउने व्यवस्था थप गर्नुपर्ने गङ्गा चौधरीले सभासद्ले माग गरेको खण्डमा आफूले बोलेका श्रव्य–दृष्य सामग्री निःशुल्क पाउनुपर्ने र अनुराधा थापाले व्यवस्थापिका संसद्मा हुने छलफलको कार्यसूची तीन दिनअगावै पाउनुपर्ने व्यवस्था गरिनुपर्ने माग गरे ।

त्यस्तै सभासद्ले शिक्षा तथा विज्ञान समिति बनाउनुपर्ने, संविधानसभामा हाल रहेको पाँच समिति बढाएर नौ बनाउनुपर्ने जस्ता सुझाव पनि दिए । यसरी विचार व्यक्त गर्नेमा प्रेम सुवाल, नरसिंह चौधरी, डिल्लीप्रसाद काफ्ले र लक्ष्मण राजवंशी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us