नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै, भव्य स्वागतको तयारी

काठमाण्डु टुडे २०७० चैत ७ गते २:३९ मा प्रकाशित

criket teamकाठमाण्डु, ७ चैत – उत्साहपूर्ण प्रर्दशन गरेको नेपाली क्रिकेटको राष्ट्रिय टिम आज स्वदेश फर्कदै छ ।

बंगलादेशमा ट्वान्टी ट्वान्टी विश्वकप सहभागी भएको टोली दिउँसो काठमाण्डु आउदै छ ।

दिउँसो सवा दुईबजे नेपाली टोली काठमाण्डु आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
क्यानले विमानस्थलमै विशेष स्वागतको तयारी गरेको छ ।

बंगलादेशमा भएका तीन खेलमा हङकङ र अफगानस्तानलाई नेपालले जितेको थियो भने बंगलादेशसंग पराजित भएको थियो ।

विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकाले सरकारले समेत नेपाली क्रिकेट टोलीलाई सम्मान गर्ने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us