
काठमाण्डु, ७ चैत – राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले ट्वान्टी ट्वान्टी वल्र्डकपमा उत्कृष्ट खेल प्रर्दशन गरेमा राष्ट्रिय टिमलाई बधाई दिएका छन् ।
प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति यादवले खेलाडीको उच्च प्रशंसा गरे ।
नेपालविरुद्ध अफगानिस्तानको बिहिबार टेलिििभजनमा प्रत्यक्ष प्रसारण हेरेका राष्ट्रपति यादवले मुलुकवासीलाई नै सन्तुष्ट पार्ने र राष्ट्रिय गौरव बढाउने कार्यका लािग क्रिकेट टिमलाई बधाई दिएक हुन् ।
प्रधानमन्त्री सुशील कोइरालाले बंगलादेशस्थित जोहर अहमद चौधरी रंगशालामा अफगानिस्तानबिरुद्ध जित हात पारे लगत्तै कप्तान पारस खड्कालाई टेलिफोन गरि बधाई तथा शुभकामना दिएका थिए ।
उनले टेलिफोनमा ‘विदेशी भूमिमा भएको विश्व प्रतियोगितामा बिजयी बनी नेपाल र नेपालीको गौरव अभिवृद्धि गराउनु भएकोमा तपाई र सवै टिमलाई मेरो व्यक्तिगत र नेपाल सरकार र काँग्रेसको तर्फबाट पनि बधाई ज्ञापन गर्दछु भनेका थिए ।
त्यस्तै संविधानसभाका सभासद जितेन्द्र यादवले अफगानिस्तानबिरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै तीन विकेट लिएर ‘म्यान अफ द म्याच ’चुनिएका बलर जितेन्द्र मुखियालाई आफ्नो एक महिनाको तलव दिने घोषणा गरेका छन् ।