संविधान लेखनको जिम्मेवारी काँग्रेसलाई : पाण्डे

काठमाण्डु टुडे २०७० चैत ६ गते ७:५७ मा प्रकाशित

ललितपुर, ६ चैत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा देश विकास, संविधान लेखन, सुशासन र स्थानीय निर्वाचनका लागि काँग्रेसलाई जनादेश दिइएको बताएका छन् ।

छम्पी काँग्रेस गाउँ सभापति कृष्ण विष्टको १३ औँ दिनको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै सभासद् पाण्डेले छ महिनाभित्र संविधानको मस्यौदा र एक वर्षमा संविधान ल्याइने विश्वास दिलाउँदै स्थानीय निर्वाचनलाई आफ्नो पोल्टामा पार्न कार्यकर्तालाई निर्देशन दिए ।

काँग्रेस नेता मथुराप्रसाद घिमिरेले प्रजातन्त्र र समाजसेवामा अनवरत रुपमा लागेका विष्टको मार्ग अनुसरण गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us