
धुलिखेल, ६ चैत – पेट्रोलियम पदार्थको मूल्य विरोधमा उत्रिएको एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरुले काभ्रेपलाञ्चोकका दुई सरकारी सवारी साधनमा तोडफोड गरेका छन् ।
बनेपा चाँदनीचोक र अरनिको राजमार्ग बुडोलखण्डमा गरिएको तोडफोडबाट पशु विकास फार्म जिरीको बा१झ ५५११ नंको गाडी पूर्ण क्षतिग्रस्त भएको र जिल्ला कृषि विकास कार्यालय काभ्रेको बा१झ ५४०८ नंको गाडीको सिसा चर्र्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।