‘प्रहरी–नागरिक’ हातेमालो कार्यक्रम

काठमाण्डु टुडे २०७० चैत ६ गते ७:२५ मा प्रकाशित

कञ्चनपुर, ६ चैत – जनतासँगको सम्बन्ध अझ सुधार गर्न र समाजमा हुने अपराध न्यूनीकरणका लागि ‘प्रहरी–नागरिक’ हातेमालो कार्यक्रम लागू गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले गाउँघरमा शान्ति सुरक्षा झन् बलियो बनाउन ‘प्रहरी–नागरिक’ हातेमालो कार्यक्रम लागू गरेका हुन् । देखतभूली गाविसमा पनि इलाका प्रहरी कार्यालय गुलरियाको संयोजकत्वमा प्रहरी नागरिक हातेमालो कार्यक्रम सञ्चालन भएको छ ।

इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार अपराध नियन्त्रणका लागि देखतभूली र कृष्णपुरको जोखिमयुक्त क्षेत्रमा प्रहरी नागरिक हातेमालो कार्यक्रम सञ्चालन गरिएको हो ।

‘समाजका अगुवासँग हातेमालो गरेर सामाजिक समस्या समाधानका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो’, इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक गोपाल कार्कीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us