संसदीय दलका नेताहरुले भने ‘मूल्य वृद्धि फिर्ता गराउँछौं ’

काठमाण्डु टुडे २०७० चैत ६ गते ५:३७ मा प्रकाशित

prachand-tika3काठमाण्डु, ६ चैत – मुल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी संगठनले विभिन्न पार्टीका संसदीय दलका नेतालाई भेटेर मूल्य वृद्धि फिर्ताको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

नेविसंघ र अनेरास्ववियुबाहेका विद्यार्थी संगठनले आज संसदीय दलका नेतालाई भेटेका हुन् ।

विद्यार्थी नेताहरुले एमाओवादीका अध्यक्ष प्रचण्ड, राप्रपाका सूर्यबहादुर थापा, तमलोपाका महन्त ठाकुर र राप्रपा नेपालका कमल थापालाई भेटेर मूल्य वृद्धि फिर्ता गराउन पहल गरिदिन आग्रह गरेका थिए ।

नेताहरुले पेट्रोलियम पदार्थको दीर्घकालीन समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग बनाउन सरकारलाई सुझाउने बताएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले बताए ।

नेताहरुले विद्यार्थी आन्दोलन जायज भएको र मूल्य वृद्धि फिर्ता गराउन आफूहरु लागेको बताएका थिए ।

सरकारले दूध, पेट्रोल, डिजेलमा मूल्य वृद्धि गरेपछि विद्यार्थी संगठनहरु आन्दोलनमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us