मूल्यवृद्धिको विरोधमा पेट्रोल पम्पहरू बन्द

काठमाण्डु टुडे २०७० चैत ६ गते ५:०५ मा प्रकाशित

चितवन, ६ चैत – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा चितवनका विद्यार्थी सङ्गठनले  पेट्रोल पम्पहरू बन्द गराएका छन् ।

नेविसङ्घबाहेकका सबै विद्यार्थी सङ्गठनले पेट्रोलपम्पहरू बन्द आह्वान गरेका हुन् ।

विद्यार्थीहरूको बन्द आह्वानसँगै जिल्लाका सम्पूर्ण पेट्रोल पम्प बन्द भएका छन् ।

आन्दोलनरत् विद्यार्थी सङ्गठनहरूले सरकारी गाडी आवागमनमा समेत रोक लगाएको अनेरास्ववियु चितवनका पूर्व अध्यक्ष निरज भट्टले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us