माइतमा पुगेर आत्महत्या गरिन महिलाले

काठमाण्डु टुडे २०७० चैत ६ गते ३:५३ मा प्रकाशित

चितवन, ६ चैत – पश्चिम चितवनको गुञ्जानगरमा एक महिलाले आत्महत्या गरेकी छिन् ।

माइत गएकी माडीकी २४ वर्षीया विका गुरुङले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गुञ्जानगर–७ गाँजीपुरमा माइत बस्दै आएकी विकाले घरपछाडि सिसौको रूखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

माडी घर भएकी उनको श्रीमान् कामको सिलसिलामा विदेशमा रहेका छन् । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us