सरकार बिद्यार्थीबीच वार्ता हुँदै, मुल्यवृद्धि फिर्ता नभए आन्दोलन

काठमाण्डु टुडे २०७० चैत ४ गते २:३४ मा प्रकाशित

studentकाठमाण्डु, ४ चैत –पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठन र सरकारबीच आज पनि वार्ता हुँदैछ ।

हिजोको वार्ता विनानिष्कर्ष टुंगिएपछि आज पुन वार्ता हुन लोगको नेविसंघका प्रवक्ता युपि लामिछानेले बताए । वाणिज्य तथा आपूर्ति मन्त्रालय वार्ता हुने भएको हो ।

विधार्थीहरूले बिना सर्त मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै आएका छन् ।
विद्यार्थीहरूको मागमा सरकारी पक्ष सहमत नभएपछि हिजो वार्ता निष्कर्ष बिहिन भएको थियो ।

शुक्रबार सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेपछि विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि सरकारले आइतबार वार्ता टोली गठन गरेको थियो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित ७ सदस्यी सरकारी वार्ता टोलीले विद्यार्थी संगठनसँग वार्ता गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us