तीन वडामा लगाइएको अफिम नष्ट

काठमाण्डु टुडे २०७० चैत ३ गते ९:०५ मा प्रकाशित

हेटौँडा, ३ चैत – मकवानपुर प्रहरीले विकट गाविस भार्ताको तीन वटा वडामा लगाइएको दुई बिघा १५ कट्ठा लागुऔषध अफिम सोमाबर नष्ट गरेको छ ।

भार्ता वडा नं ३, ५ र ७ वडामा लगाइएको अफिम लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ काठमाडौँ र प्रहरीचौकी भार्ताको टोलीले नष्ट गरेको हो ।

लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ काठमाण्डुका प्रहरी निरीक्षक प्रेमबहादुर शाहीको टोली र भार्ताचौकीबाट गएको प्रहरीको संयुक्त टोलीले अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us