सबैको सहमतिमा स्थानीय चुनाव : नेता कोइराला

काठमाण्डु टुडे २०७० चैत ३ गते ९:०० मा प्रकाशित

Shekhar-Koirlaविराटनगर, ३ चैत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विकासनिर्माणका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएकाले सबै दललाई मिलाएर सरकारले निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

प्रेस युनियन मोरङद्वारा सोमबार कोइराला निवासमा  आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय निकायको निर्वाचनबाट नै संविधान निर्माणमा सघाउ पुग्ने विचार गरे ।

साना दललाई पनि मन्त्रिमण्डलमा सहभागी गराई सरकारलाई पूर्णता दिनुपर्नेमा उनको जोड छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us