सरकारी सवारी साधन सञ्चालनमा रोक

काठमाण्डु टुडे २०७० चैत ३ गते ७:२३ मा प्रकाशित

काठमाण्डु, ३ चैत – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले सोमबार क्याम्पस अगाडि बिहान ९ बजेदेखि सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार सरकारी सवारी साधन चल्न नदिने पूर्ववत् निर्णयअनुसार प्रत्येक क्याम्पसका मूल ढोकामा बिहानैदेखि विद्यार्थी सङ्गठनका नेता तथा प्रतिनिधि परिचालन गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका सम्बन्धमा सोमबार नै विद्यार्थी संगठनले सरोकावालाहरुसँग अन्तक्र्रिया गर्ने र सरकारी वार्ता टोलीसँग वार्ता गर्ने कार्यक्रम छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नहुँदासम्म विद्यार्थी आन्दोलन जारी रहने प्रवक्ता लामिछानेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us