
काठमाण्डु, २ चैत– मानव जीवनमा पानी र ऊर्जाको महत्व उजागर गरी जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यका साथ साताव्यापी जल सप्ताह मनाइने भएको छ ।
आजबाट सुरु हुने जल सप्ताह आगामी चैत ९ गतेसम्म चल्ने छ । सन् १९९२ मा सम्पन्न वातावरण र विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनले मार्च २२ तारिखलाई विश्व पानी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
सोही अवसर पारेर सप्ताहव्यापी रूपमा जल सप्ताह मनाउन लागिएको हो । जल सप्ताहका अवसरमा र्याली, अन्तक्र्रिया, गोष्ठीलगायत जनचेतनामूलक कार्यक्रम गरिने जल तथा ऊर्जा आयोगले जनाएको छ ।
पानी र ऊर्जाबीचको अन्तरसम्बन्धका बारेमा जनचेतना जागृत गर्न, जल उपयोग नीतिगत तहमा बहस चलाउन, जल तथा ऊर्जा क्षेत्रका सरकारवालाको पहिचान जल तथा ऊर्जाबीचको अन्तरसम्बन्धको भावी विकासका लागि सरोकार पक्षहरूलाई सक्रिय बनाउने उद्देश्यले सप्ताह बनाउन लागिएको हो ।