तराई क्षेत्रमा आज होली मनाइँदै

काठमाण्डु टुडे २०७० चैत ३ गते २:४२ मा प्रकाशित

जनकपुर, ३ चैत– तराई क्षेत्रमा आज होली पर्व विशेष हर्षोल्लासका साथ मनाइँदैछ ।

holiरङगहरुको पर्व मानिने होली उपत्यकासहित मुलुकका पहाडी क्षेत्रमा भने हिजै  आपसमा मैत्री एवम् सद्भावपूर्वक अबिर र रंग दलेर विशेष हर्षोल्लासपूर्वक मनाइएको थियो ।

मोरङको विराटनगर, सुनसरीको इटहरी, सप्तरीको राजविराज, महोत्तरीको जेलेश्वर, सिराहाको लहान, रौतहटको गौर, धनुषाको जनकपुर, सर्लाहीको मलंगवा, पर्साको वीरगञ्जलगायत सहरमा बिहानैदेखि होलीको रौनक  देखिएको छ ।

यस्तै नवलपरासीको परासी, रुपन्देहीको बुटवल र भैरहवा, बाँकेको नेपालगञ्ज, बदिर्याको गुलरिया र कञ्चनपुरको महेन्द्रनगरमा होलीको विशेष चहलपहल देखिएको छ ।

असत्यमाथि सत्यको विजय भएको दिनको सम्झनामा मनाइने रङहरुको पर्व होली तराई क्षेत्रमा बढी लोकप्रिय छ । होलीका अवसरमा उच्छृंखल गतिविधि हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ ।

होलीका अवसरमा सरकारले आज तराईका २० जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

यसैबीच काठमाण्डु उपत्यकामा बसोबास गर्ने तराईका बासिन्दाले पनि होली पर्व मनाउँदैछन् । होलीका अवसरमा काठमाण्डुको टुंडिखेलमा होली वेशष कार्यक्रम आयोजना गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us