सशस्त्र प्रहरीको गाडी दुर्घटना, दुई जवानको मृत्यु

काठमाण्डु टुडे २०७० चैत २ गते १२:४७ मा प्रकाशित

पोखरा, २ चैत – कास्की र तनहुँको सीमानमा पर्ने कोत्रे नजिकै हलेदीमा सशस्त्र प्रहरीको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अरु ३१ जवान घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ ।

दुर्घटनामा मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान महेश श्रेष्ठ र केशव राना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका चार जनाको मनिपाल शिक्षण अस्पताल पोखरा र बाँकी २७ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
तनहुँको भानुबाट पोखरातर्फ जाँदै गरेको गाडी दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले  जानकारी दिए । दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us