आहा गोल्डकपमा पुलिस र धरान भिड्ने

काठमाण्डु टुडे २०७० फागुन २५ गते २:४९ मा प्रकाशित

Aaha-raraकाठमाण्डु, २५ फागुन –पोखरामा जारी आहा गोल्डकप फुटबल अन्र्तगत दोस्रो क्वाटर फाइनलमा आज नेपाल पुलिस क्लब र धरान फुटबल क्लब भिड्ने छन् ।

स्थानिय पोखरा रंगशालामा दिउसो हुने खेलमा विजयी टिम सेमीफाइनल पुग्ने छ ।

धरानले पहिलो खेलमा नेपाल आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल पुगेको हो भने पुलिस सिधै बाई पाएर क्वाटर फाइनल पुगेको हो ।

हिजोको खेलमा सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक साहारा फुटबल क्लब सेमीफाइनलमा पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us