दलाई लामाका नेपाल प्रतिनिधिको गोप्य सर्कुलर

काठमाण्डु टुडे २०७० फागुन २४ गते १३:०० मा प्रकाशित

saranarthiकाठमाण्डु, २४ फागुन – तिब्बतीयन शरणारार्थीहरुले मार्च १० तारिका दिन मनाईने मुक्ति दिवशको चहपल बढाएपछि नेपाल सरकारले उच्च सर्तकता अपनाएको छ ।

हरेक वर्ष मार्च १० तारिकका दिनमा तिब्बतीयन शरणार्थीहरुले मुक्ति दिवशका रुपमा उत्सव मनाउने गरेका छन् । हरेक वर्ष फरक–फरक स्थानमा गरिने उत्सव यो वर्ष बौद्धमा रहेको सामदेलिङ गुम्बामा तय गरिए पनि सरकारले औपचारीक रुपमा कार्यक्रम गर्न अनुमति नदिने भएपछि कार्यक्रम भंग भएको हो ।

तिब्बतीयहरुप्रति कडा निगरानी राख्दै गृहमन्त्रालयले सार्वजानकि रुपमा कुनै पनि कार्यक्रम गर्न नदिने जनाएपछि उनिहरुले आफ्ना कार्यक्रमहरु स्थगित गरेका हुन् ।

नेपाली भूमीबाट कुनै प्रकारका चीन विरोधी गतिविधी हुन नदिने सरकारी नीति अनुसार सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसीले जानकारी दिए ।

एसएसपी केसीले भने, ‘सरकारी निती नियमको पालना गराउन प्रहरीले कुनै पनि कसुर बाँकी राख्दैन, त्यसका लागि सुरक्षा व्यवस्था मजवुद् पारिएको छ । स्रोतका अनुसार मार्च १० मा सरकारले कुनै पनि कार्यक्रम गर्न नदिने जनाएपछि तिब्बतीयन शरणार्थीको गोप्य बैठक बसी सार्वजानिक रुपका कार्यक्रम नगर्ने  निर्णय गरेको हो ।

स्रोतका अनुसार राजधानीको लामिम्पाटमा शुक्रबार बैठक बसी औपचारीक रुपमा गर्ने भनिएका सबै कायक्रमहरु स्थिगत गरेको हो ।

यही फागुन २० गते राजधानीको चुच्चेपाटीमा रहेको हायात होटलमा तब्बतीयनहरुले साँस्कृती कार्यक्रम गर्न लागेका थिए ।

तिब्बतीयन युथ काँग्रेस (टीआईसी)ले गर्न लागेको उक्त कार्यक्रम सरकारले रोक लगाएपछि उनिहरुले शुक्रबार बिहान १०:३० बजेदेखि बैठक बसी यस्तो खालको निणर्य गरेका हुन् ।

दलाई लामाको नेपाल प्रतिनिधि ताम्देन दोर्जे तुलाधरले तिब्बतीयनहरुलाई एक सर्कुलर नै जारी गरी तय भएका कार्यक्रमहरु रोखिएको जानकारी गराएका छन् । उनको गोप्य सर्कुलरमा भनिएको छ, ‘अरुको देशमा शरणार्थी जीवन बिताएर हामीले सरकारले निषेध गरेको कार्यहरु गर्न मिल्दैन, १० तारिकका दिनमा  सबैले आफ्नो घर भित्र कार्यक्रम गर्नु, बाहिर कोही पनि ननिस्कनु ।’

गोप्य सर्कुलरमा अघि भनिएको छ, ‘सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । यदि बाहिर निस्कनु परेमा सबै जनाले परिचय पत्र बोकेर मात्र बाहिर हिँडडुल गर्नु । १० तारिकका दिनमा चीन विराधी गतिविधी हुन सक्ने भन्दै सरकारले तिब्बतीयनहरुका कार्यक्रम गर्न नदिने भएपछि, दलाई लामाका नेपाल प्रतिनीधी ताम्देन दोर्जे तुलाधरको नेतृत्वमा राजधानीमा हरेका सबै तिब्बतीयन क्याम्प प्रमुख, धर्मशालाबाट आएका प्रतिनिधी र अमेरिकन दुतावासका प्रतिनिधीको बैठक बसेको थियो ।

स्रोतका अनुसार बैकठमा भाग लिनका लागि अमेरिकन दुतावासका प्रतिनिधि सहभागी थिए । सीडी ७१ नम्बर र सीडी १०२ नम्बरको गाडी प्रयोग गरी ति प्रतिनिधि बैठकमा गएको स्रोतले जनायो ।

बैठकमा धर्मशालादेखि आएका नवाङ थुपतेन, तिब्बतीयन युथ काँग्रेस नेपाल अध्यक्ष पासाङ सि लामा, बौद्ध क्याम्पका काल्साङधेनडुप, जावलाखेल क्याम्पका कार्मा ढवाल, स्वयम्भुका तेसदेन नोर्वु लगायत सहभागी भएको स्रोतले जनायो ।

बिहान १०:३० देखि बसेका वैठक दिउँसो १ बजेसम्म चलेको थियो । स्रोतका अनुसार उनीहरुको बैठक बारे चिनीयाँ दुतावासलेसमेत चाल पाए पछि सरकारको ध्यानाकर्षण गराएको थियो । प्रहरीले त्यसरी बैठक बस्नसमेत नपाउने जनाए पछि उनिहरुले हतारमा सर्कुलर जारी गदै बैठक सकेका थिए ।

‘शुक्रबार गोप्य बैठक बसेर सर्कुलर जारी गरेको भोलिपल्ट शनिवार प्रहरीले राजधानीको बौद्धमा रहेको तिब्बतीयन शरणार्थीक्पाम्पमा छापा मारेको छ । तिब्बतीयनहरुले वौद्ध क्षेत्रमा चहलपहल बढाएपछि प्रहरीले क्याम्पमा छापा मारेको हो । चानेपालमा हुने तिब्बतीयन गतिविधीलाई अमेरिकन दुतावासले प्रत्यक्ष सहयोग गर्दै आएको पुष्टी शुक्रबारको बैठकले पनि गरेको छ । नेपालमा हुने हरेक कार्यक्रममा अमेरिकन दुतावासका प्रतिनिधिको सहभागिता हुने गरेको स्रोतको दावी छ ।’

उपत्यकामा तिब्बतीयनहरुले बसोबास गर्ने स्थानहरुमा प्रहरीले कडा निगरानी राख्दै आएको छ । उच्च स्रोतका अनुसार केही दिन पहिले चिनीयाँ दुतावासले राजधानीका रहेका तिब्ब्तीयन शरणार्थीक्याम्पका प्रमुख र तिब्बतीयन युथ काँग्रेस (टीआईसी)नेपालका अध्यक्ष पासाङ सी लामालाई पक्राउ गर्न सरकारलाई दवाब दिएको थियो ।

मार्च १० लाई लक्षित गरी चीन विरोधी गतिविधी गर्न सक्ने र त्यसका लागि यी व्याक्तिहरुको महत्वपूर्ण भूमिका हुनसक्ने भन्दै तत्काल पक्राउ गर्न एम्बीसीले दावाब दिएको स्रोतले बतायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us