सेना फिर्ता गर्न ओबामाको आग्रह

काठमाण्डु टुडे २०७० फागुन २३ गते २:३१ मा प्रकाशित

युक्रेन अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी युक्रेनमा परिचालन गरिएका सेना फिर्ता गर्न पुन आग्रह गरेका छन् ।

बिहिबार साँझ भएको करिब एक घण्टा लामो टेलिफोन बार्तामा ओबामाले युक्रेन समस्याबारे कुटनैतिक समाधान खोज्न आग्रह गरेका हुन् ।

उनले युक्रेनले आफ्नै हिसावले राजनीतिक संक्रमण अन्त्यको प्रयास गरिरहेका बेला अनावश्यकत दवाब नदिन ओबामाले आग्रह गरेको युएसए टुडेले जनाएकोछ ।

ह्वाईट हाउसका प्रवक्ताले युक्रेनमा बसोबास गर्ने बहुसंख्यक जनसंख्याले चाहेको जननिर्वाचित सरकारका लागि आगामी मे महिनामा हुने चुनावमा रचनात्मक सहयोगका लागि ओबामाले आग्रह गरेका छन् ।

यस अघि हिजो युक्रेनको क्रिमिया प्रान्तको संसदले क्रिमियालाई रुसमा बिलय गराउने पक्षमा मतदान गरेका छन् ।

संसदले पास गरेको उक्त बिद्ययक अनुसार अब केहि दिनमै जनमत संग्रह गरी युक्रेनी हुने वा रुसमा बिलय हुनेमा मतदान गर्ने तयारी गरिएको छ ।
क्रिमिया क्षेत्रमा रुसी भाषीहरुको बाहुल्यता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us