
काठमाण्डु, २३ फागुन – भविष्यमा डाक्टर बन्ने ठूलो सपना बोकेर एमबिबिएसको तयारी गरेका युवकले आत्महत्या गर्लान् भन्ने धेरैलाई नलाग्न सक्छ ।
तर काठमाण्डुमा एमबिबिएसको तयारी कक्षा लिइरहेका एक युवकले क्लास सकिएपछि आत्महत्या गरेका छन् ।
पुतली सडकको नेम इन्स्टिच्युटमा एमबिबिएसको तयारी कक्षा लिइरहेका १८ बर्षीय निरभराज शर्माले इन्स्टिच्युटको भवनबाट हाम फालेर आत्महत्या गरे ।
‘म यो क्लास सकेपछि हामफाल्छु य हाँबाट कसम ।’ कक्षामा संगै बेञ्चमा रहेकी साथी समीक्षा निरौलालाई उनले यस्तो चिट दिएका थिए ।
उनलाई लाग्यो यो ठट्टा हो तर केही छिनमै वास्तविक बन्यो पुग्यो निरभराजको त्यो लेखाई ।
उपचारका लागि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको हो । आत्महत्याको कारण भने खुल्न सकेको छैन् ।
प्रेम सम्बन्धका कारण आत्महत्या गरेको आशंका गरिएपनि कारण खुल्न नसकेको डिएसएपी होमिन्द्र बोगटीले बताए ।
मृतक शर्मा, उपसचिव भरतराज शर्माका छोरा हुन् । एमबिबिएस तयारी कक्षामा उनी सधै पहिलो हुने गरेका थिए ।