जनकपुर बम काण्डका योजनाकार पक्राउ

काठमाण्डु टुडे २०७० फागुन २२ गते १३:१९ मा प्रकाशित

जनकपुर, २२ फागुन– जनकपुर बम काण्डका प्रमुख योजनाकार रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
bumbधनुषा प्रहरीले बम काण्डका योजनाकार अर्जुन सिंह भनिने मुकेश चौधरीलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।  जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले जिल्लाको नगराईन–९ जटहीबाट उनलाई आइतबार पक्रेको थियो ।

उनीमाथि केही वर्षअघि जनकपुरको रामानन्द चोकमा पाँच जनाको ज्यान जाने गरी भएको विस्फोट तथा सञ्चार उद्यमी अरुण सिंहानिया हत्यालगायत हत्या, अपहरण, लुटपाट र फिरौतीजस्ता दर्जानौं अभियोग छ ।

२०६६ फागुन १७ गते सिंहानियाको स्थानीय शिवचोकमा गोली हानी हत्या भएको थियो । यस्तै २०६९ साल वैशाख १८ गते भएको बम विष्फोटमा पाँच जनाको मृत्यु तथा ३० भन्दा बढी सर्वसाधारण घाइते भएका थिए ।

विस्फोटमा संलग्न  जयप्रकाश चौधरी, सुरेश कर्ण, जतेन्द्रलाल कर्ण र रिपेन्द्र पुर्पक्षका लाथि थुनामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us