काठमाण्डु, २२ फागुन– एकीकृत माओवादीले राजधानीमा शुक्रबार जिल्ला संयोजकहरुको भेला बोलाएको छ ।
केन्द्रीय समितिले यसअघि तयार पारेको राष्ट्रिय सम्मेलनको कार्यविधिबारे छलफल गर्न भेला आयोजना गरिएको माओवादीले जनाएको छ ।
केन्द्रीय सदस्य युवरराज चौलागाईंका अनुसार शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा हुने भेलामा ७५ वटै जिल्लाका संयोजक सहभागी हुनेछन् ।
भेलामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले कार्यविधिबारे प्रष्ट्याउने कार्यक्रम छ । माओवादीले आगामी वैशाख तेश्रो साता राष्ट्रिय सम्मेलन गर्दैछ ।