गणपुरक नपुगेपछि संसद बैठक स्थगित

काठमाण्डु टुडे २०७० फागुन २२ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– दलहरुले यसअघि झैं व्यवस्थापिका– संसद र संविधानसभाका बैठकहरुलाई कम महत्व दिन थालेका छन् ।
ca houseपछिल्लो समय सभासदहरु संसद बैठकमा कमै जाने र गए पनि पूरै अवधि बैठकमा नबसी हाजिरी गरेर निस्कने गरेका छन् । गणपुरक संख्या नपुगेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले बिहीबारको बैठक स्थगित गरे ।

संसद बैठकमा अघिल्लो सरकारले पेश गरेको सुपुर्दगी सन्धिसम्वन्धी अध्यादेशको प्रतिस्थापन विधेयकबारे छलफल भइरहेका बेला एकीकृत माओवादी सभासद रामनारायण बिडारीले गणपुरक संख्या नरहेकाबारे सभाध्यक्षको ध्यानाकर्षण गराए ।

सभाध्यक्ष नेम्वाङको निर्देशनमा संसद सचिवालयका कर्मचारीले उपस्थिति सभासदको संख्या गणना गर्दा बैठक बस्न आवश्यक गणपुरक संख्या पुगेन । कुनै पनि विधेयक निर्णयार्थ प्रस्तुत गर्दा  संसदमा कम्तिमा एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

६ सय एकको एक थौचाई १ सय ४४ जना हुन्छ । तर संसदमा जम्मा १ सय २७ सभासद मात्र उपस्थित थिए । बैठक आगामी सोमबारसम्मका लागि स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us