
प्यूठान, २२ फागुन – आफ्नै सहोदर छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले छोरीको यौन शोषण गरेको आरोपमा जिल्लाको ढुंगेगढी–१ तालपानीका ४१ वर्षीय गोविन्दबहादुर सोमैलाई पक्रेको हो ।
सोमैमाथि आफ्नै १८ वर्षीया छोरीमाथि लामो समयदेखि यौनशोषण गर्दै आएको आरोप लागेको छ ।
प्यूठान प्रहरीका अनुसार सोमैले जेठी श्रीमतीतर्फकी छोरीलाई यौन शोषण गर्दै आएको उजुरी परेपछि अस्थायी प्रहरी पोष्ट बड्डाँडाको टोलीले पक्रेको हो ।