प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाण्डु टुडे २०७० फागुन २२ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– प्रमुख सत्तारुढ घटक नेकपा एमालेले टनकपुर सम्बन्धमा प्रधानमन्त्री सुशील कोइरालाले दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति JN_khanal1जनाएको छ ।

मुख्यालय बल्खुमा बिहीबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले कोइरालाको अभिव्यक्तिबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले टनकपुरबारे आएका समाचार सम्बन्धमा स्पष्ट गर्न कोइरालालाई आग्रह गरे ।

‘टनकपुरका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे हाम्रो ध्यानाकर्षण भएको छ’, खनालले भने, ‘त्यसबारे स्पष्ट गर्न प्रधानमन्त्रीलाई हाम्रो आग्रह छ ।’ गृहजिल्ला बाँकेमा गत साता भएको एक कार्यक्रममा प्रधानमन्त्री कोइरालाले टनकपुर कहिल्यै नेपालको नभएको बताएका थिए ।

यस्तै पत्रकार सम्मेलनमा अध्यक्ष खनालले नवौं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि भरसक सहमति गर्ने र नभए लोकतान्त्रिक प्रक्रिया अपनाइने उल्लेख गरे ।

अर्को एक फरक प्रसंगमा खनालले संविधान निर्माणलाई प्राथमिकतामा राखेर गैरसभासदलाई मन्त्री बनाइएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us