स्वदेशी वस्तु प्रयोग गर्न राष्ट्रपतिको आग्रह

काठमाण्डु टुडे २०७० फागुन २२ गते ८:५९ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– राष्ट्रपति रामवरण यादवले स्वदेशमा उत्पादित वस्तुको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
rambaranतेश्रो अन्तर्राष्ट्रिय व्यापार मेला–२०७० को बिहीबार राजधानीमा उदघाटन गर्दै उनले स्वदेशी सामान प्रयोग गर्ने बानी बसाल्न आग्रह गरे । व्यापार मेलाले स्वदेशी वस्तुको प्रचार–प्रसार र निर्यात प्रवद्र्धन तथा विदेशी प्रविधि नेपाल भित्र्याउनुपर्नेमा उनको जोड थियो ।

सरकारले निर्यातयोग्य बस्तुको सूचीमा राखेका १९ वटा बस्तु तथा सेवाको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ मेला आयोजना गरिएको हो । आगामी फागुन २६ गतेसम्म चल्ने मेलामा नेपालसहित, चीन, भारत, बंगलादेद र थाइल्याण्डलगायत मुलुकका स्टल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us