अबदेखि भिआईपी हिंड्दा ट्राफिक जाम नहुने

काठमाण्डु टुडे २०७० फागुन २२ गते ७:३३ मा प्रकाशित

काठमाण्डु, २२– राजधानीका सर्वसाधारणले अबदेखि अतिविशिष्ट व्यक्तिहरुको सवारीका क्रममा सडकमा हैरानी बेहोर्नु नपर्ने भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा महानगरीय ट्राफिक प्रहरीले अतिविशिष्टको सवारीका क्रममा सडक खाली नगर्ने भएपछि सर्वसाधारण झण्झटमुक्त हुने भएका हुन् ।

यसअघि अतिविशिष्टको सवारीका बेला सडकमा निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने गरिएको थियो । ‘आजैदेखि भिआईपीको सवारीका क्रममा बाटो खाली गर्दैनौ’, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी केशव अधिकारीले भने, ‘सर्वसाधारणको असुविधालाई मध्यनगर गर्दै नयाँ व्यवस्था लागू गरिएको हो ।’

खास गरी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सवारीका क्रममा बाटो  खाली गर्ने गरिएको थियो । उनका अनुसार अबदेखि विशिष्ट व्यक्तियहरुले अन्तर्राष्ट्रिय भ्रमणमा जाँदा र आउँदा यसअघिको बाटो प्रयोग नगरी छोटो बाटो प्रयोग गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us