सरकार भ्रष्टाचार मुक्त राज्यको अभियानमा : मन्त्री सिंह

काठमाण्डु टुडे २०७० फागुन २२ गते ५:३५ मा प्रकाशित

prakash man singकाठमाण्डु, २२ फागुन – प्रकाशमान सिंह उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भ्रष्टाचारमुक्त राज्य निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

कपिलवस्तुको बलरामपुर र हरिहरपुर जोड्ने पुलको बिहिवार उद्घाटन गर्दै मन्त्री सिंहले मुलुक भ्रष्टाचारमुक्त हुन नसके सुशासन पनि कायम हुन नसक्ने बताए ।

सिंहले जननिर्वाचित सरकारले जनताका समस्या सम्बोधन गर्ने बताउँदै त्यसका लागि स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको धारणा राखे ।

उनले स्थानीय निकायको निर्वाचन गराउन सरकारले गृहकार्य अघि बढाईसकेको पनि जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us