संसदमा बैठक जारी

काठमाण्डु टुडे २०७० फागुन २२ गते ३:५० मा प्रकाशित

ca houseकाठमाण्डु, २२ फागुन –व्यवस्थापिका संसद् व्यवस्थापिका संसद्को बैठक जारी छ ।

विहान ११ बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको लामो अनसन र उनीहरुका मागका बारेमा सरकारले अहिलेसम्म गरेका काम र प्रयासका बारेमा सरकारले संसदलाई जानकारी गराउने भएको छ ।

त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाले टनकपुरका सम्बन्धमा दिएको अभिव्यक्तिका बारेमा पनि संसद्लाई जानकारी गराउने कार्यसुची रहेको छ ।

यसअघि बसेको व्यवस्थापिका संसद्मा समय माग गरेर केही सभासदहरुले अधिकारी दम्पतिले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै डेढमहिनादेखि अनसन बसेको भएपनि सरकारले बेवास्ता गरेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सुवास नेम्वाङले सरकारलाई यस विषयमा भईरहेका कामहरुका बारेमा संसद्लाई जानकारी गराउन रुलिङ गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us