काँग्रेसले खानेपानी परियोजनाको निगरानी र खबरदारी गर्ने

काठमाण्डु टुडे २०७० फागुन २० गते ४:१८ मा प्रकाशित

Nepali-Congress-Flag1315101735इटहरी, २० फागुन । नेपाली काँग्रेसले एसियाली विकास बैंकको लगानीमा धरानमा प्रारम्भ भएको खानेपानी परियोजनाको निर्माण र परीक्षण अवधिभर भ्रष्टाचार, ढिलासुस्ती र अनावश्यक खर्च हुन नदिन, हालकै महसुल दर वा न्यूनतम महसुल दर निर्धारण गराउन तथा पारदर्शिताका लागि निरन्तर निगरानी र खबरदारी गर्ने भएको छ ।
परियोजनाका लागि नेपाल सरकार, एसियाली विकास बैंक, धरान नगरपालिका तथा उपभोक्ताको जनसहभागिता गरी कुल एक अर्ब ७३ करोड खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।
निर्धारित समयमै आयोजना सम्पन्न गराउन, अनियमित हुन नदिन नेपाली काँग्रेस क्षेत्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खानेपानी आयोजना अध्ययन तथा अनुगमन समिति गठन गरिएको काँग्रेस क्षेत्रीय सचिव एवम् उक्त समितिका संयोजक सुजेन्द्र तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
परियोजनालाई कसरी सफल र दिगो बनाउन सकिन्छ भन्नेतर्फ हामी सम्वेदनशील छौँ, विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us