विजयकुमार गच्छदारलाई बोल्न प्रतिवन्ध

काठमाण्डु टुडे २०७० फागुन २० गते ५:४९ मा प्रकाशित

bijay gachchhadarकाठमाण्डु, २० फागुन – केही समय भयो, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष एवं संसदीय दलका नेता विजयकुमार गच्छदारको बोली सुन्न पाइएको छैन ।

उनी न संविधानसभा, न त व्यवस्थापिका संसद वा अन्यत्र कतै सार्वजनिक समारोहमा भाषण गरेको वा कुराकानी गरेको नै सुन्न पाइएको छ । उनलाई कसैले बोलायो अथवा अन्तर्वाता नै लिन थाल्यो कि गोजिबाट एउटा चिरकेटो निकालेर देखाइहाल्छन् ।

सोमबारको संसद बैठकबाट निस्कने वित्तिकै धेरै पत्रकारले वाइट लिनका लागि उनलाई घेरीहाले । तर उनी बोल्न मानेनन्, मुन्टो हल्लाए र गोजीबाट चिरकेटो निकालेर पत्रकारलाई देखाए ।

त्यस पश्चात पत्रकार खुरुखुरु आफ्नो बाटो लागे । त्यसमा  ‘डाक्टरले १० दिनका लागि नबोल्न भनेको छ’ भनेर लेखिएको थियो ।

कारण– गच्छदारको घाँटीमा इन्फेक्सन । ‘उहाँको घाँटीमा पहिले पनि समस्या थियो, तर अहिले त्यो झन बल्झेकाले डाक्टरले १० दिनका लागि कोहीसँग पनि नबोल्न भनेकाले उहाँ बोल्नु हुन्न, गच्छदारका भतिजा बेद गच्ददारले काठमाण्डौ टुडेसँग भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us