कंगोमा नेपाली सेनाको टोलीमाथि ग्रिनेड प्रहार

काठमाण्डु टुडे २०७० फागुन २० गते ५:२४ मा प्रकाशित

nepal-army-logoकाठमाण्डु, २० फागुन – शान्ति स्थापनार्थ कंगोमा खटिएको नेपाली सेनाको टोलीमाथि अज्ञात समूहले गिनेड आक्रमण गरेको छ । सोमबार अज्ञात समूहको ग्रिनड प्रहारबाट ६ जना नेपाली सैनिक घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कंगोको माभिवि बिमानस्थलका लागि सामग्री ल्याउदै गर्दा स्कर्टिङमा खटिएको नेपाली सेनाको टोलीमाथि आक्रमण भएको थियो । सेनाको टोली चढेको गाडीको पछाडिपट्टी मोटरसाईकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर तर, खतरामुक्त रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us